🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वनकालीकाे सुमार्गी भवनमा फागुन १ गतेदेखि ज्ञानमहायज्ञ

 काठमाडौं । महायज्ञ आयोजक मूल समितिले श्रीमद्भागवत् ज्ञानमहायज्ञ २०८० को आयोजना गर्ने भएको छ । २०८० माघ २८ गते आइतबार पत्रकार सम्मेलनको आयोजना गरी समितिले पशुपत क्षेत्रस्थित वनकालीमा रहेको सुमार्गी भवनमा फागुन १ गतेदेखि ९ गतेसम्म भवनमा श्रीमद्भागवत् ज्ञानमहायज्ञको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

\"\"
समितिले हालसम्म दान सहयोगबाट गुरुकुल सञ्चालन गर्दै आएको भन्दै कन्याहरूको आवास,  भौतिक संरचनाका अतिरिक्त शैक्षिक व्यवस्थापनका लागि दीगो आर्थिक स्रोत र त्यसको लागि सुदृढ अक्षयकोषको आवश्यकता परेकाले श्रीमद्भागवत् ज्ञानमहायज्ञ आयोजना गर्न लागेको जनाएको छ ।

\"\"
विज्ञप्तिमा लेखिएको छ,‘हालसम्म उदारमना दाताहरूको दान सहयोग र माया ममताबाट गुरुकुल सञ्चालन भइरहेको भएता पनि कन्याहरूको आवास, भोजन र भौतिक संरचनाका अतिरिक्त शैक्षिक व्यवस्थापनका लागि दीगो आर्थिक स्रोत र त्यसको लागि सुदृढ अक्षयकोषको आवश्यकता अपरिहार्य भएको सन्दर्भमा एउटा सवल र सक्षम अक्षयकोषको संवर्द्धनार्थ यही विसं २०८० फागुन १ गतेदेखि ९ गतेसम्म पाशुपत क्षेत्रस्थित वनकालीमा रहेको सुमार्गी भवन मा श्रीमद्भागवत् ज्ञानमहायज्ञको आयोजना गरिदै छ ।’

ज्ञानमहायज्ञमा विभिन्न अनुष्ठानहरू दैनिक पूजा, रुद्राभिषेक, चण्डीयज्ञ आदि हुने साथै गुरुकुलका बालिकाहरुको शास्त्रिय प्रवचन, वाद्यवादन, गायन, नृत्यको अलौकिक प्रस्तुती दानवीर दाताहरूलाई त्यसै दिन सम्मान गरिने कार्यक्रम रहेको पनि जानकारी दिएको छ । समितिका अनुसार ज्ञानमहायज्ञ राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन हुनेछ ।