🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अल नासरमाथि अल हिलाल २-० ले विजयी

काठमाडौँ, २६ माघ । क्लब मैत्रीपूर्ण खेलमा साउदी क्लब अल हिलालले अल नासरलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा अल हिलालले अल नासरलाई २-० गोल अन्तरले पराजित गरेको हो । अल हिलालको जितमा सेर्गेज मिलिनकोभिक साभिक र सलेम अलडावसरीले एक-एक गोल गरेका थिए ।

यस खेलमा पछिल्लो समय इन्जुरीका कारण मैदान बाहिर रहेका अल नासरका क्रिस्टियानो रोनाल्डो मैदानमा फर्किएका थिए । पुरै ९० मिनेट खेलेका रोनाल्डोले खेलमा भने खासै प्रभाव पार्न सकेनन् ।

साउदी लिगमा प्रमुख प्रतिद्वन्दी क्लब मानिने अल हिलाल र अल नासर लिगमा प्रहिलो र दोस्रो स्थानमा रहेका छन् । १९ खेलमा अपराजित रहदै अल हिलाल ५३ अंकसहित शीर्ष स्थानमा छ भने १९ खेलमा ४६ अंकसहित अल नासर दोस्रो स्थानमा रहेको छ ।