🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

साइबर सेवाको ‘गलत प्रयोग गर्ने’ पूर्व प्रहरी प्रमुखविरुद्ध पक्राउ पूर्जी

सिओल, दक्षिण कोरिया, १६  असोज  : दक्षिण कोरियाको प्रहरीले आफ्ना पूर्व प्रमुख चो ह्युन–ओलाई साइबरको प्रयोग गरी नागरिकको आम धारणालाई अनुदारवादीहरूको पूर्व सरकारलाई पक्षमा लान मुख्य भूमिका गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ । 

सन् २०१० देखि २०१२ सम्म राष्ट्रिय प्रहरी संगठनको प्रमुख रहेका चोले प्रहरी अधिकारीलाई सञ्चालन गरी इन्टर्नेटमा ४० हजारभन्दा बढी सन्देश लेखी तत्कालीन सरकारको पक्षमा प्रचार गरेको आरोप लगाइएको छ । 

उनले तत्कालिन राष्ट्रपति ली म्युङ–वाक प्रशासनको समर्थनमा सकारात्मक विचार लेखेर उनको पक्षमा जनमत देखाउन खोजेको आशङ्का गरिएको छ । 

हाल अवकाश प्राप्त भइसकेका चोले आरोपको खण्डन गरेका छन्। 

चोको नेतृत्वमा रहेका केही पूर्व प्रहरी अधिकारीसमेतको उक्त घटनामा सम्लग्नता रहेको आरोपमा अनुसन्धान जारी रहेको छ । यद्यपि पक्राउ आदेश दिन अदालतले भने अस्वीकार गरेको छ । 
–––