🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एसपीको डीएनए परीक्षण विधि विज्ञान प्रयोगशालामा

काठमाडौँ, १६ असोज   : नेपाल प्रहरीले निर्मला पन्तको जबर्जस्ती करणीपछि हत्या भएको सम्बन्धमा सङ्कलित डिएनएन नमूना परीक्षण राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा समेत भएको जनाएको छ । 

प्रहरी प्रवक्ता शैलेश थापाका अनुसार कञ्चनपुर भीमदत्त नपा–२ उल्टाखामका पन्तको हत्या भएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, उनका छोरा किरणराज र स्थानीय आयुष विष्टबाट सङ्कलिन डिएनए विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको बताए  । 

डिएनए परीक्षणका सम्बन्धमा फरक आशयका साथ समाचार आएपछि प्रहरीको तर्फबाट थप स्पष्ट पार्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको निकायबाट समेत परीक्षण भएको जनाएको हो । 
–––