🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

झापामा गजल मुशायरा र प्रशिक्षण हुने

काठमाडाैं । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गजल प्रतिष्ठानको मुख्य आयोजना र अन्तर्राष्ट्रिय नेपाली गजल मन्च, प्रान्जल साधना केन्द्र, गोपीकृष्ण स्मृति प्रतिष्ठान र वीरता रिडर्ससमेतको सहकार्यमा सांगीतिक गजल मुशायरा हुने भएको हो ।

यही माघ २७ गते बिर्तामोडस्थित इन्द्रेणी व्यांक्वेटको हलमा हुन लागेको गजल मुशायरामा राष्ट्रिय स्तरका डेढ दर्जन गजलसाधकहरूको विशेष प्रस्तुति रहने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए । सोही दिन बिहान १० बजेदेखि गजल लेखनसम्बन्धी प्रशिक्षणमूलक कार्यशालाको समेत आयोजना गरिएको आयोजक संस्था वीरता रिडर्सका सहसंयोजक केशव मैनालीले बताए ।

उनका अनुसार सो प्रशिक्षणका लागि अन्तर्राष्ट्रिय नेपाली गजल मन्चका अध्यक्ष घनेन्द्र ओझाले प्रशिक्षण प्रदान गर्नेछन् ।

नेपाल गजल प्रतिष्ठानले यसअघि पनि यस प्रकारका कार्यक्रम गर्दै आएको थियो । प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठका अनुसार झापामा आयोजना गरिएको गजल मुशायरा निःशुल्क हुनेछ । यसअघि काठमाडौंमा एउटा सांगीतिक, अरु तीनवटा तहत र तरुन्नम गजल मुशायरा राष्ट्रिय नाचघरमा आयोजना गरिएको तर उपत्यकाबाहिर यो पहिलो पटक गर्न लागिएको हो । 

यस कार्यक्रमका लागि बिर्तामोड पुस्तकालय र साहित्य पत्रकार मन्चको सहयोग रहने आयोजकले जनाएको छ ।