काठमाडौं, १६ माघ । ठगी आरोपमा पक्राउ परेका एक युवाले डेढ वर्षमै १ अर्ब ४९ करोड भन्दा बढीको कारोबार गरेको पाइएको छ ।
सप्तरीको राजविराज नगरपालिका–१० डुम्रीका २६ वर्षीय डम्बर साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचथरबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।
अनलाइन ठगीको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनले विभिन्न व्यक्तिहरूलाई पार्सल पठाइदिन्छु भन्दै ठगी गरेका थिए । साहले आफैंले सञ्चालन गरेको उद्गम भेन्चर क्यापिटल प्रोफिस्ट ग्रुप एण्ड डम्बर साहको व्यक्तिगत खातामा विभिन्न लेअरमा रकम पठाउन लगाउने गरेका थिए ।
उनीविरुद्ध ३४ जनाले प्रहरीमा उजुरी दिएका छन् । साहले सञ्चालन गरेको उद्गम भेन्चर क्यापिटल प्रोफिस्ट ग्रुप एण्ड डम्बर साहको व्यक्तिगत खतामा मात्रै १ अब ४९ करोड ६२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको देखिएको प्रहरीले जनाएको छ ।



