🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपालीलाई विदेशी फौजमा भर्ती हुन रोकौँ : बामदेव गौतम

काठमाडौं, १५ माघ । राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाली युवालाई विदेशी सेनामा भर्ती हुन रोक्नुपर्ने बताएका छन् ।

सोमबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले उच्च तलबमान हुने अन्य काममा पठाए पनि फौजमा भर्ती हुन पठाउन नहुने बताए । २०/३० हजार नेपाली पाउने गरी नभइ कम्तीमा एक लाख मासिक पाउने ठाउँमा नेपाली युवालाई पठाउनुपर्ने उनको प्रस्ताव छ ।

हाल नेपालीहरू बेलायती र भारतीय सेनामा भर्ना हुने गरेका छन् । अर्को विश्वयुद्ध हुँदा पनि नेपालीहरु प्रयोग हुन सक्ने खतरा रहेको नेता गौतमले बताए ।