🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

\’चेन्नई स्टोरी\’मा सामन्थाको स्थानमा श्रुति

मुम्बई । सन् २०२१ को नोभेम्बरमा अभिनेत्री सामन्था रुथ प्रभुले आफू एक इण्डो–ब्रिटिस प्रोजेक्टका लागि ‘डाउनटन एबे’का निर्देशक फिलिप जोनको फिल्म ‘चेन्नई स्टोरी’मा काम गर्न गइरहेको बताएकी थिइन् । तर अहिले आएर फिल्ममा सामन्थाले अभिनय नगर्ने भएकी छन् । उनको स्थानमा अर्की अभिनेत्री श्रुति हासन भित्रिएकी छन् ।

फिल्ममा श्रुतिका साथ भारतीय मूलका इङ्ग्लिस अभिनेता विवेक कालराको पनि अभिनय हुनेछ । फिल्ममा एक तमिल महिलाको भूमिकामा देखिन लागेकी सामन्थाले केही समय अभिनयबाट ब्रेक लिने निर्णय लिएपछि निर्माण पक्षले उनको स्थानमा श्रुतिलाई अनुबन्ध गरेको हो ।

फिल्मको कथा वेल्समेन अर्थात् विवेक कालराको वरपर घुम्नेछ । जो आफ्नो पिता खोज्नका लागि चेन्नई आउँछन् । फिल्ममा श्रुतिले जासुसको भूमिकामा अभिनय गर्नेछिन् । उनले विवेकको पिता खोज्न मद्दत गर्छिन् ।

फिल्ममा केविन हार्ट, विन्सेन्ट डिआनफ्रियो, जीन रेनो, सेम वर्थिङ्टनको पनि अभिनय हुनेछ । फिल्मको छायांकन चेन्नई र कार्डिफमा हुनेछ । अभिनेत्री श्रुति यसअघि फिल्म ‘सालारः पार्ट १–सिजफायर’ मा देखिएकी थिइन् । यो फिल्मले विश्वव्यापी रुपमा ५ सय २० करोड बढी कलेक्सन गरेको थियो ।