🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ढाक्रे जीवनशैलीमा आधारित फिल्म \’ए ढाक्रे दाई\’ साउन ५ बाट

काठमाडौं, असार । करिब ६० बर्षअघिको ढाक्रे जीवनशैलीलाई पर्दामा उतारिएको फिल्म ‘ए ढाक्रे दाई’ आगामी साउन ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

फिल्मका निर्देशक निरन्जन कसजू (माइला) हुन् । कथाकार र निर्मातासमेत रहेका निर्देशक कसजूले आफूले ६ दशकअघिको ऐतिहासिक बिषयमा फिल्म निर्माण गरेको बताए ।

‘त्यतिबेला पहाडतिरबाट एक दुई महिनै हिँडेर ढाक्रेहरु बटौली बजार आउँथे र जडिबुटी, घिउ, भटमासहरु बेचेर नून,तेल,लत्ता कपडालगायतका अत्यावश्यक सामाग्रीहरु किनेर लान्थे,’ निर्देशक कसजूले भने, ‘हाम्रा अग्रजहरुले खेपेको सोही दुख,कष्टको जीवन भोगाइलाई फिल्ममा प्रस्तुत गरेको छु ।’ उनले अहिलेको पुस्तामाझ तत्कालीन ऐतिहासिक ग्रामीण जीवनलाई देखाउन चाहेको खुलाए ।

फिल्ममा धु्रव कोइराला, मिनुज रानामगर, माया थामी, उषा फौजालगायतले अभिनय गरेका छन् । सुमन थापा र विनोद चौधरीको छायांकन रहेको फिल्ममा सुरेश सेन्चुरीको संगीत, एनकेएम र तेजप्रसाद पाण्डेको शब्द, लोकेन्द्र शाह र एन के एमको नृत्य निर्देशन छ । युनिक मुभीजको प्रस्तुतिमा राजन कसजू सह–निर्माता रहेको फिल्मको सम्पादन बिजय पोखरेल र विनोद चौधरीले गरेका हुन् ।

फिल्मको बितरण आरआर फिल्म प्रोडक्सनले गर्दैछ ।