🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 जीवन धारा : लिंकनको दुस्मनी ! 

अब्राहम लिंकन आफ्ना साथीहरूप्रति जति विनम्र एवं मधुर थिए, शत्रुप्रति पनि त्यति नै उदार र सहृदय थिए । कैयौं पटक आफ्ना विरोधीहरूलाई उनी मित्रहरू जस्तै गरेर घरमा बोलाउँथे, उनीहरूसँग कुराकानी गर्दथे र अति स्नेह भाव देखाउँथे ।

लिंकनको यस्तो नीति र व्यवहार उनका केही मित्रलाई मन पर्दैनथ्यो । एकपटक एकजना साथीले लिंकनलाई भने– ‘तपाईं आफ्ना शत्रुहरूसँग मित्रको जस्तो व्यवहार किन गर्नुहुन्छ । उनीहरूलाई त खत्तम गर्नुपर्छ ।’ यसबारेमा लिंकनले जवाफ दिए– ‘म त तिमीले भनेकै कुरामा हिँडिरहेको छु । र शत्रुलाई खत्तम गर्न लागिरहेको छु । अँ, तिमी उनीहरूको ज्यान लिने कुरा सोच्दछौं म उनीहरूलाई मित्र बनाउन चाहन्छु ।’