🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मोरङको बेतौनालाई ‘इको भिलेज’ बनाइने

विराटनगर । जीवन विकास  लघुवित्त वित्तीय संस्थाले मोरङको धनपालथान गाउँपालिकाको एउटा गाउँलाई इको भिलेज (वातावरणमैत्री गाउँ) बनाउने भएको छ । धनपालनान गाउँपालिका– ३ र ४ मा पर्ने वेतौना गाउँलाई ‘इको भिलेज’ बनाइने भएको हो ।

बेतौनामा दुई सय घर छन् । त्यहाँका बासिन्दाको पेशा परम्परागत कृषि हो । दुई सय परिवारको आर्थिक हैसियत दुई वर्षमा सुधार गर्ने उद्देश्यले लघुवित्तले इको भिलेज निर्माणको काम सुरु गरेको हो ।  

स्थानीयको आर्थिक हैसियत उकास्न लागि पाँच वटा सूचकमा काम थालिएको लघुवित्तका नायब कार्यकारी अधिकृत दामोदर रेग्मीले बताए । उनका अनुसार आर्थिक, प्राविधिक, सीप विकास, बजारीकरण र वातावरण संरक्षणका लागि लघुवित्तले काम गर्नेछ ।

 
उनका अनुसार गाउँका बासिन्दाका लागि पशुपालन र तरकारी खेती गर्न सहुलियत व्याजमा संस्थाले ऋण उपलब्ध गराउनेछ । किसानले पालेका पशुको बिमा  र उपचारमा संस्थाले सहयोग गर्नेछ । खेतीका लागि किसानको सीप विकासमा काम गर्नेछ ।  किसानले उत्पादन गरेको दूध र कृषि उपजको बजारीकरणमा संस्थाले सहजीकरण गरिदिनेछ  ।

समाजले धनपालथानमै प्राङ्गारिक मल र बायोग्यास उद्योग स्थापना गरेको छ । करिब १० करोड लागतमा स्थापित उद्योगले गाउँका किसानबाट गोबर खरिद गर्ने योजना बनाएको छ । गाउँमा कच्चा पदार्थ नभेटेका कारण उद्योगले विराटनगर र आसपासका क्षेत्रबाट गोबरलगायतको कच्चा पदार्थ संकलन गरिरहेको छ । 

वातावरण संरक्षणका लागि संस्थाले स्थानीयलाई धुवाँरहित विद्युतीय चुल्हो प्रयोगका लागि प्रोत्साहन गर्नेछ । कृषि र पशु पालनको आम्दानीले किसानको जीवनस्तर उकास्ने रेग्मीले बताए । ‘पशु पालनका लागि सहुलियत ऋण दिने र दूध र गोबर बिक्रीबाट किसानले आम्दानी गर्छन,’ उनले भने, ‘आम्दानी बढेपछि जीवनस्तरमा सुधार आउनेछ ।’ 

स्थानीय किसानसँग छलफलका क्रममा जीवन विकासका संस्थापक तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले दुई वर्ष भित्र वातावरण मैत्री नमुना गाउँ बन्ने बताए । वेतौनापछि धनपालनाथ गाउँपालिका र मोरङ क्षेत्र नम्बर ५ लाई नै नमुना बनाउने योजना रहेको उनले बताए ।

मोरङ क्षेत्र नम्बर ५ को प्रदेशसभा १ का सांसद गयानन्द मण्डलले किसानको जीवनस्तर उकास्ने इको भिलेजको योजना कार्यान्वयनका लागि गाउँका नागरिक अग्रसर हुनुपर्ने बताए । सहुलियत ऋण र बजारीकरणको जिम्मा संस्थाले नै लिने भएकाले किसानलाई फाइदा पुग्ने उनले बताए । 

धनपालथान गाउँपालिका अध्यक्ष जिवछ गच्छदारले जीवन विकासले अघि सारेको इको भिलेजको योजनामा पालिकाले सहकार्य गर्ने बताए । कृषि र पशु पालक किसानका लागि प्राविधिकसँगै अन्य सहयोग गर्ने उनले बताए ।