🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यमनका हूथी विद्रोहीविरुद्ध अमेरिका र बेलायतद्धारा फेरि हवाई आक्रमण

काठमाडौं । यमनका हुथी विद्रोहीलाई लक्षित गर्दै अमेरिका र बेलायतले फेरि हवाई हमला गरेका छन् ।

लाल सागरमा हुथीहरूको बढ्दो आक्रमणको जवाफमा, ब्रिटिश र अमेरिकी सेनाले बिहीबारबाट आक्रमण सुरु गरेका हुन् ।

पौष २७ शुक्रबार राति फेरि दुवै देशका सेनाले यमनमा बमबारी गरेका छन् । अमेरिकी सेनाले यमनमा हुथीहरूलाई लक्षित गर्न धेरै खतरनाक हतियारहरू प्रयोग गरेको बताइएको छ । यसमा टमाहक मिसाइल, जेट र रिपर ड्रोन पनि समावेश गरिएका छन् ।

अमेरिकी अधिकारीहरूले शुक्रबार यमनका विभिन्न स्थानहरूमा हुथीहरूको रेड सी जहाजमा आक्रमण गर्ने क्षमतालाई कम गर्नका लागि आक्रमण सुरु गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

यी आक्रमणहरू लडाकू विमान र टोमाहक मिसाइलहरूद्वारा गरिएका थिए। जसमा हुथी पोष्टलाई निशाना बनाइएको थियो ।

मध्यरातको अँध्यारोमा, अमेरिकी सेनाले आरएएफ टाइफुन्स र यूएस एफ (३५ लाइटनिङ स्टेल्थ जेटहरूसँग मिलेर हुथी स्थानहरूमा आक्रमण गरेका हुन् ।

अमेरिकी युद्धपोतले घातक १ हजार पाउण्ड मिसाइल प्रहार गरेको जनाइएको छ ।  टोमाहक मिसाइलहरू यमनको राजधानी साना र हुथीको रेड सी बन्दरगाह धमार र सादाको गढ रहेको होडेडाहमा आक्रमण गर्न प्रयोग गरिएको थियो ।