🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोशीपारीको विकट वडा बेख्सिम्ले पुगेका पूर्वमन्त्री बास्कोटा आजै फर्किने

काभ्रे, १५ पुस । नेकपा एमालेका नेता एवम् पूर्व मन्त्री गोकुल बास्कोटा काभ्रेको भुम्लु गाउँपालिकाका विभिन्न वडामा पुगेका छन् ।

हिजो दोलालघाटबाट ठोकर्पा  हुँदै गएका बास्कोटा हिजो राति भुम्लु गाउँपालिका-३, बेख्सिम्लेमा बसेको बताइएको छ । आज बिहान बेख्सिम्लेका जनताहरुसँग भेटेर भुम्लु-२, सिम्थली हुँदै भुम्लु-४ चौबास पुग्ने कार्यक्रम रहेको छ ।

\"\"

बास्कोटा 'मलिलो कृषि सहकारी संस्था'को वार्षिक साधरण सभाको प्रमुख अतिथिको रुपमा भुम्लु -४ चौबासको ओख्रे पोखरी चौर जान लागेको बताइन्छ ।

भेटघाट तथा जनसम्बन्ध सुदृढ गर्ने, ग्रामिण मनोविज्ञान र पछिल्लो राजनीतिक परिस्थितिको असर बारे बुझ्न  टिमसहित मन्त्री बास्कोटा त्यता पुगेको नेकपा एमाले भुम्लुका इन्चार्ज प्रेम लामाले जानकारी दिए ।

लामाका अनुसार उक्त  कार्यक्रम सकेर बास्कोटा आजै फर्किनेछन् ।
 

फोटो : प्रेम लामा