🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । 

जिल्ला अदालत काठमाडौंले नाबालिग बलात्कार आरोप लागेका लामिछानेलाई दोषी ठहर गरेको हो । शुक्रबार न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेले बालिकाको कमजोर आर्थिक अवस्थाको फाइदा उठाइ करणी गरेको ठहर गरेको हो । 

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन् ।

यो व्यवस्थामा बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ । कति वर्ष सजाय भन्ने अहिले निर्धारण भएको छैन । त्यसका लागि पुस २५ गते सुनुवाइ हुने अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए उनले भने ‘ प्रतिवादी तथा परिवर्तित नाम गौशला २६ ६ १ ७९ ८० को करणी भएको देखियो नुवाकोटको बसाई सराई दर्ता रजिस्टर नारायणी उपक्षेत्रीय अस्पतालको डलिभरी रजिस्टार र परिवर्तित नाम गौशला २६ ६ १ ७९ ८० को वकपत्र र गाउँपालिका वडा २ वडा कार्यलयको प्रमाणबाट जन्ममिति २०६१-३-१८ मा भएको देखि १८ वर्ष पुगेको देखियो । नीजको नाजुक आर्थिक अवस्थाको फाइदा उठाइ सहमतिको करणी भएको देखियो । ’ अब न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

\"\"श्रेस्तेदार रामु शर्मा

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उनको उजुरी थियो ।

त्यसलगत्तै क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका सन्दीप  २० असोजमा नेपाल फर्किएलगत्तै विमानस्थलमै पक्राउ परेका थिए । २८ पुस २०७९ मा न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले जिल्लाको आदेश उल्टाउँदै २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।