🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ललितकलाका तीन कृति विमोचन

काठमाडौं । मूर्तिकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति ठाकुरप्रसाद मैनालीद्वारा लिखित तथा संकलित पुस्तकहरू ‘कलाका कुरा,’ ‘मेरो कामना’ र ‘सिर्जना र विवेचना’ विमोचित भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभाग र ‘आरम्भ’ (नेपाली समसामयिक मूर्तिकारहरूको समूह) को संयुक्त आयोजनामा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा ती कृति सार्वजनिक गरिएको हो ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञ रमेश खनाल, ज्ञानेन्द्र विवश लगायतले कृति सार्वजनिक गरेका हुन् ।   

प्रतिष्ठानका प्राज्ञसभा सदस्य नरेन्द्रप्रसाद भण्डारीले मैनाली नेपाली आधुनिक मूर्तिकला क्षेत्रका विशिष्ट प्रतिभा भएको बताए ।

प्राज्ञ ज्ञानेन्द्र विवशले मैनाली समग्र नेपाली कलाको दस्तावेजको भएको बताउँदै उनको कृतित्वलाई कलाकार, विद्यार्थीले सन्दर्भ सामाग्रीको रूपमा लिने भनाइ राखे ।  

कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति हार्तम्छालीले सम्पदा भएको भन्दै उनीबाट नयाँ पुस्ताले धेरै कुरा सिक्दै जानुपर्ने बताए ।

मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले सार्वजनिक पुस्तकहरू वास्तव मै कला  इतिहासका दस्तावेज भएको बताए ।