🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रो क्लब टी–२० क्रिकेट : नेपाल पुलिस क्लब र नोइडा क्लब विजयी

वीरगञ्ज, १० पुस । पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टी–ट्वान्टी प्रतियोगितामा आज नेपाल पुलिस क्लब र भारतको वान्डर्स क्लब नोइडा विजयी भएको छ । 
        

वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा भारतको युपी–११ लाई सात विकेटले हराएर भारतको नोइडा क्लबले जित निकाल्दा नेपाल पुलिस क्लबले पर्सा–११ लाई २५ रनले पराजित गरेको छ । 

    
पहिलो खेलमा टस जितेर पर्सा–११ ले पहिले फिल्डिङ्ग राजेपछि ब्याटिङमा उत्रेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय २४ रनको योगफल जोडेको थियो । 

    
पुलिसका करण केसीले २९, अमित श्रेष्ठले २६, आरिफ शेख २२ र शङ्कर राणाले १७ रन तथा अर्जुन साउदले ११ रनको योगदान दिनुभयो । पर्सा ११ का लागि अनिल साहले दुई तथा समसाद मन्सरी र रुपेश सिंहले समान १÷१ विकेट लिनुभयो ।     

एक सय २५ रनको विजयी लक्ष्य लिई मैदानमा उत्रेको पर्सा–११ ले २० ओभरमा आठ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । पर्सा–११ का लागि पवन सर्राफले ३२, कप्तान सन्दीप लामिछानेले २३, सुरज पटेलले १७ तथा रुपेश सिंहले १५ रनको योगदान दिनुभयो । 
        

पुलिसका करण केसी, सागर ढकाल र ललित राजबंशीले समान ३÷३ विकेट तथा शेर मल्ल र रसिद खानले समान १÷१ विकेट लिनुभयो । प्रतियोगिताको म्यान अफ द म्याच पुलिसका करण केसी घोषित हुनुभयो । 
    

यस्तै आज दिउँसो भएको दोस्रो खेलमा टस जितेर नोइडा क्लबले पहिला फिल्डिङ्ग रोजेपछि ब्याटिङ गर्न उत्रेको युपी–११ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १४ रनको योगफल जोडेको थियो । युपी ११ का समिर अन्सारीले २४, जयदिप सिंहले २३, अल्मस आलमले १६ र फर्दिन अलिले १५ रनको योगदान दिनुभयो । 
    

नोइडा क्लबका शङ्कर शेखर र सञ्जीव चतुर्बेदीले समान २÷२ तथा अल्पित गुप्ता र हर्षित सेठीले समान १÷१ विकेट लिनुभयो । एक सय १५ रनको विजयी लक्ष्य लिई मैदानमा उत्रिएको नोइडा क्लबले १५ ओभरमा तीन विकेट गुमाएर लक्ष्य हासिल गरेको छ । 

नोइडाका हर्षित सेठीले अविजित ४५, अजिर मल्लिकले अविजित २२ तथा सिद्धार्थ गोस्वामीले २७ रनको योगदान दिएपछि टोलीले सहज जित हासिल गरेको हो ।
    

युपी–११ का सत्या तिवारीले दुई तथा सहिम हसले एक विकेट लिनुभयो । जिर्ण बन्दै गएको वीरगञ्जस्थित नारायणी रंगशाला पुर्ननिर्माणतर्फ तीनै तहको सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र यूपी–११ गरी छ टोलीको सहभागिता रहेको प्रतियोगिता म्यानेजर दाउद अन्सारीले जानकारी दिनुभयो । प्रतियोगिता पुस ५ देखि १४ गतेसम्म सञ्चालन हुने उहाँले बताउनुभयो ।