🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दक्षिण कोरियाली तथा उत्तर कोरियाली नेताहरूबीच शिखर वार्ता

सोल, दक्षिण कोरिया,  असोज ३ (रासस/एएफपी) : दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाली नेता किम जोङ अनबीच मङ्गलबार वार्ता भएको छ । 

दुई कोरियाली नेताबीच कोरियालाई आणविक रूपमा निशस्त्रीकरण तथा उक्त प्रायद्वीपको स्थायी शान्तिका लागि उत्तर कोरियाली सत्ताधारी दल वर्कर्स पार्टीको मुख्यालयमा दुई घण्टा लामो वार्ता भएको हो । 

वार्तापहिले राष्ट्रपति मुन र नेता किमले प्योङयाङका सडकमा सवारी हाँक्दै गर्दा सडकका दुई किनारामा बसेका हजारौँ कोरियाली नागरिकले उहाँहरूलाई तालीसहित भव्य स्वागत गरेका थिए । 

कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गराउँन अमेरिकासँग भएको र हाल अवरुद्ध अवस्थामा रहेको वार्तालाई पुनः सञ्चालन गर्ने तयारीका साथ राष्ट्रपति मुन प्योङयाङ पुग्नुभएको हो । प्योङयाङ अन्तराष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन विमानस्थलमा एकआपसमा अँगालो मार्दै स्नेह र आत्मियताको भाव साटासाट गर्नुभएको थियो । 

सडकमा स्वागतका लागि बसेका कोरियालीहरूले हातमा फुलका गुच्छा समातेर एक स्वरमा ‘राष्ट्रको पुनः एकीकरण’ को गीत गाएका थिए । 

वर्कर्स पार्टीको वार्ताको शुरुवात गर्दै दक्षिण कोरियाली नेता मुनले किमसँग भन्नुभयो, “ म हामीमाथि रहेको भारबारे पूर्णतया सम्वेदनशील रहेको छु ।” उहाँले थप्नुभयो, “मलाई भारी जिम्मेवारीपनको वोध भएको छ ।” 

 

मुनले भन्नुभयो, “सम्पूर्ण विश्वले हेरिरहेकोे छ । म शान्ति र समृद्धिको नतिजालाई विश्वभर देखाउन चाहन्छु ।” 

मुनका आफ्नै अभिभावक पनि कोरियाली युद्धका समय उत्तर कोरियातर्फ भागेका थिए । 

आफ्ना पाहुनालाई सम्मानपूर्ण भावमा सम्बोधन गर्दै किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गत जुन महिनामा ऐतिहासिक सिङ्गापुर शिखर सम्मेलनका लागि मध्यस्थता गरेकोमा मुनको प्रशंसा गर्नुभयो । 

यसले यस क्षेत्रलाई स्थायित्वतर्फ लगेको छ । यसले थप गति लिनेछ भन्ने मैले सोचेको छु । दुई घण्टा लामो वार्तामा भएका थप कुराकानीबारे तत्काल केही बताइएको छैन । 

मुन र किमबीच अर्को चरणको वार्ता आज असोज ३ गते  बुधबार पुनः हुनेछ ।