🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री कप महिला टी- २० मा एपीएफको लगातार चौथो जित

काठमाडौँ । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगितामा विभागीय टोलि एपीएफले कोशी प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा एपीएफले कोशी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।

कोशी प्रदेशले दिएको ८५ रनको लक्ष्य पछाएको एपीएफले १७.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि कोशी प्रदेशले पहिला ब्याटिंग गर्दै २० ओभरमा २ विकेट गुमाएर ८४ रन बनाएको थियो ।

यो यस प्रतियोगितामा एपीएफको लगातार चौथो जित हो । यो जितपछि ४ खेलमा ८ अंकसहित एपीएफ शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै कोशी प्रदेशको भने यो खेलपछि ४ खेलमा ६ अंक रहेको छ र तेस्रो स्थानमा झरेको छ ।

अब एपीएफले अर्को खेल बुधबार कर्णाली प्रदेशसँग खेल्ने छ भने कोशी प्रदेशले बुधबार नै गण्डकी प्रदेशसँग खेल्ने छ ।