बारा, ४ पुस । बारा प्रहरीले रु ७२ हजार बढीको अबैध प्याज नियन्त्रणमा लिएको छ ।
मिति २०८० पुस ३ गते मंगलबार पथलैया बाराबाट खटिएको विशेष प्रहरी टोलीले जिल्ला बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया चोकमा गाडीहरूलाई रोकी चेक जाँच गर्दा विल विजक भन्दा कम तथा स्रोत खुलाउन नसकेको अबैध भन्सार छली ल्याइएको अन्दाजी ७२ हजार १ सय २० रूपैया बराबरको प्याज नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धी आवश्यक कानूनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।



