🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सामूहिक सुधार आए उदयपुर सिमेन्ट कारखाना पूर्णरूपमा सञ्चालनमा आउँछः अर्थमन्त्री महत

उदयपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्वपूर्ण भएको बताएका छन् ।

पौष ४ बुधबार  उद्योग र उद्योगले प्रयोगमा ल्याएको खानी निरीक्षण गर्दै मन्त्री डा. महतले यो महत्वपूर्ण उद्योग सञ्चालनमा आएको समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताएका हुन् ।

सबैको सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भावना रहेको बताउँदै उनले विगतबाट पाठ सिकेर आफूलाई परिवर्तन गर्न आवश्यक रहेको बताए ।

‘सरकारले अनुदान दिएर मात्र समाधान निस्कदैन । व्यवस्थापन सुध्रिनुपर्यो, श्रमिकले जिम्मेवारीबोध गर्नुपर्यो । कसले जिम्मेवारी बोध नगर्दा यो अवस्था सिर्जना भयो रु यसको हामी सबैले मूल्यांकन र विश्लेषण गरौं । विगतबाट पाठ सिकेर आफूलाई परिवर्तन गर्नुपर्छ ।’

उनले भने, ‘निजी क्षेत्रमा धेरै उद्योग व्यवसाय सञ्चालन हुन्छ । पाँच दर्जनभन्दा बढी निजी क्षेत्रको सिमेन्ट उद्योग छ । व्यवस्थापन र सरकारले ध्यान नदिएको श्रमिक साथीहरुबाट आयो’

उदयपुर सिमेन्ट कारखाना जापान सरकारको सहयोगमा ४४ करोड लगानी भएको उल्लेख गर्दै उनले अहिले पनि एक अर्ब रुपैयाँको साउब्याज केही नतिरेको बताए ।

उनले अगाडी भने, ‘सरकारले व्यवस्थापक नियुक्ति गर्यो, त्यहाँ पनि कमजोरी छ । व्यवसायिकतालाई हामीले महत्व दिएनौं ।

व्यवस्थापनको नेतृत्व पनि त्यस्तै । श्रमिकले पनि हाम्रो जिम्मेवारी भनेको त सुविधा माग गर्ने हो भन्ने मात्र ठाने । त्यसको साझा परिणाम उद्योगको अहिलेको अवस्था हो ।’

व्यवस्थापन र ट्रेड युनियनबाट प्रतिबद्धता आएन भने उद्योग बचाउन कठिन हुने उनको भनाई थियो ।