🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘विप्लव’ नेतृत्वको  नेकपाका जिल्ला सेक्रेटरी पक्राउ

रोल्पा, १ असोज (रासस) : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई प्रहरीले प्रक्राउ गरेको छ । रोल्पा नगरपालिका–१० धवाङको साउनेपानीमा सो पार्टीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उपस्थित रहेका सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो । 

पार्टीको तीन महीने अभियानअन्तर्गत धवाङमा सांस्कृतिक कार्यक्रम भइरहेका बेला प्रहरीले सुवेदीलाई पक्राउ गरेको बताइएको छ ।

कार्यक्रममा सो पार्टीका अन्य नेता कार्यकर्ताको समेत उपस्थिति रहेपनि सुवेदी मात्रै पक्राउ परेको सुरक्षा स्रोतले जनाएको छ । 

सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा लागेको सो पार्टीका नेता कार्यकर्ता अहिले सदरमुकाम छाडेर गाउँमै केन्द्रित हुन थालेका छन् । प्रतिनिधिसभा निर्वाचनका क्रममा यसअघि पनि लामो समय हिरासतमा बसेर रिहा भएका सुवेदी पुनः पक्राउ परेका हुन् । 
–––