🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल जेसीजको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौं । नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित भएका छन् । बुटवलमा भएको ५० औं महाधिवेशनले पोखरेललाई वर्ष २०२४ का लागि अध्यक्षमा चयन गरेको हो ।

नेतृत्व चयनकालागि मतदानमा पोखरेलले ५१० मतसहित तीन जना प्रतिष्पर्धीलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी रजनी थापाले ४२६ मत ल्याइन् । पोखरेल नुवाकोट जेसीजका पूर्वअध्यक्ष हुन् । यसअघि पनि उनी राष्ट्रिय अध्यक्षकालागि प्रत्यासी थिए । 

महाधिवेशनबाट कार्यकारिणी समितिको उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम, भीमबहादुर कुँवर र सन्दिप अग्रहरी निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा सरोज अधिकारी, कानूनी सल्लाहकारमा नरेशचन्द्र ओझा र कोषाध्यक्षमा खेमराज थापा मनोनीत भए भने उपाध्यक्षमा अमर घिमिरे, सौरब श्रेष्ठ, राजन शर्मा पौडेल, सीताकुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ, स्वप्ना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नवराज उपाध्याय, गणेश सापकोटा, अचुत उप्रेती निर्वाचित भए ।