🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधान सेनापतिद्वारा भावी चिफलाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

काठमाडाैं ।  प्रधान सेनापति महारथी  प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति  भएका उपरथी  अशोक राज सिग्देललाई  २०८० मङ्गसिर २९ गते रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको  छ ।  

\"\"

अशोक राज सिग्देल नेपाल सरकार, मन्त्रिपरिषद्को २०८० मङ्गसिर २८ गतेको निर्णय बमोजिम पदोन्नति भएका हुन् । सामान्य अवस्थामा  रथी अशोक राज सिग्देलले २०८१ भदाै २४ गतेबाट औपचारिक रूपमा नेपाली सेनाकाे प्रधान सेनापतिकाे  कार्यभार सम्हाल्ने छन् ।

  वि.सं. २०२३ माघ १९ गते कपिलवस्तुमा जन्मिएका रथी सिग्देल, वि.सं.२०४३ फाल्गुण ०३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी वि.सं. २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए ।

रथी सिग्देलले अनाश्रित गुल्मपति, पदिक गणको गणपति, बहिनीपति, पृतनापति र कमाण्ड सेनापतिका साथै प्रतिविद्रोह तथा जंगलवारफेर शिक्षालयको शिक्षाधिकृत, युद्धकार्य निर्देशक, निरीक्षणाधिकृत, संभाररथी र व्यवस्था, नीति तथा योजना विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए ।

 भारत, ईण्डोनेसिया, चीन, सिंगापुर र अमेरिकामा सञ्चालन भएका विभिन्न सैन्य तालिम तथा सेमिनारहरूमा सहभागी हुनुका रथी  सिग्देलले चीनबाट NDC तालिम सम्पन्न गरेका थिए । यस्तै, युगोस्लाभिया, ताजकिस्तान र लाईवेरियामा शान्ति सेनामा सेमत सहभागी भएका थिए ।

२०८० मङ्गसिर २९ गते जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापतिबाट रथी  सिग्देलका साथै उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सन्तोष वल्लभ पौडेललाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएकाे थियाे । रथी सिग्देल बलाधिकृत र उपरथी पौडेल पश्चिम पृतनापतिमा नियुक्त भएका छन् ।

 दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै परिवारजनको उपस्थिति रहेकाे सेनाले जानकारी दिएकाे छ ।