🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सवारी दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा टिप्पर र स्कुटी एक आपसमा ठोकिएर भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मध्यपुर ठिमि नगरपालिका –२ सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र अगाडि बहाखा बजारबाट सानोठिमी तर्फ जाँदै गरेको ब ४ ख २३४७ नम्बरको टिप्पर र  बिपरीत दिशाबाट आँउदै गरेको बा. ९२ प. ५५३१ नम्बरको  स्कुटी एक आफसमा ठोक्किएर भएको दुर्घटनामा परि स्कुटी चालक काभ्रेपलान्चोकको रोशी गाँउपालिका–१० का २३ वर्षीय बिशाल मैनालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मैनालीलाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर, भक्तपुर लगेकोमा उपचारको आइतवार राति मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक किशोर ढुंगानाले बताए ।

दुर्घटना भएको सवारी साधन टिपर जिल्ला प्रहरी परिसरमा राखिएको र  टिपर चालक धादिङको थाक्रे गाँउपालिका–७ का सुरेश तामाङलाई प्रहरी वृत्त ठिमी भक्तपुरको नियन्त्रणमा राखिएको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।