🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपालले कोरियाको विकासबाट पाठ सिकोस : राजदूत सिक

बागलुङ, ३१ भदौ : नेपालका लागि कोरियाका राजदूत पार्क योङ्ग सिकले नेपालले कोरियाको तीब्र विकासबाट पाठ सिकेर अगाडि बढ्न जरुरी रहेको बताए  । 

बागलुङको धौलागिरि बुहमुखी क्याम्पसमा आज आयोजित कोरियाको इतिहास, संस्कृति तथा अर्थतन्त्रसम्बन्धी कार्यशाला गोष्ठीमा राजदूत सिकले ६० वर्ष अगाडिको गरीब कोरिया यति छिट्टै संसारकै विकसित राष्ट्र हुनुमा कोरीयाली जनताले कृषि तथा औद्योगिक क्षेत्रमा गरेको मेहनतको प्रतिफल भएको बताए  । 

राजदूत सिकले कोरियाको तीब्र विकास हुनुमा भ्रष्टाचारविरुद्धको अभियान चाल्नु, आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो लगानी गर्नु रहेको उल्लेख गरे । इपीएसमार्फत कोरिया गएका नेपालीले त्यहाँ सिकेको सीप नेपाल फर्केर कार्यान्वयनमा ल्याउनुपर्ने राजदूत सिकको भनाइ थियो । सो अवसरमा कोरियाको तीब्र विकास कसरी भयो भन्ने बारेमा भिडियोसमेत प्रस्तुत गरेका  थिए  । रासस

–––