🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चीनः बेइजिङमा उच्च हिमपात, सडक र हवाई यातायात प्रभावित

काठमाडौं । चीनको बेइजिङमा  मङ्सिर २४ गते आइतबार साँझदेखि परेको हिमपातका कारण सडक, रेल र हवाई यातायात अवरुद्ध भएको छ । 

 मङ्सिर २४ गते आइतवार साँझ ७ बजेदेखि सोमवार बिहान ८ बजेसम्म  बेइजिङमा औसत ५ दशमलव ८ मिलिमिटर हिमवर्षा भएको छ । 

बेइजिङ मौसम विज्ञान सेवाले उपलब्ध गराएको तथ्यांक अनुसार सबैभन्दा ठूलो वर्षा फाङ्सान जिल्लामा १०.२ मिलिमिटर पुगेको थियो ।

 मङ्सिर २५ सोमबार बिहान ७ बजेसम्म बेइजिङका १८० भन्दा बढी बस रुटहरू बन्द भएका थिए ।

सहरले हिउँ सफा गर्न करिब ६३,००० कामदारको व्यवस्था गरेको छ र हिउँ हटाउने र सडकको बरफ हटाउन ६,६०० भन्दा बढी सवारी साधन र अन्य उपकरण लगाएको जनाएको छ ।