🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । 

राजधानी काठमाडौंमा बस्ने बैठकमा अध्यक्ष कमल थापाले मुलुकको  पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, सांगठनिक र रणनीतिक कार्यदिशाका बारेमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । 

बैठकमा राजसंस्था र हिन्दुराष्ट्र पक्षधर तथा संघीयता खारेजी चाहनेबीच मोर्चा निर्माण गरि जनआन्दोलनमा जाने कार्ययोजना समेत प्रस्तुत गरिने पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताए । 

बर्तौलाका अनुसार, बैठकमा सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालयको प्रतिवेदन, संगठन विभाग प्रमुख राजाराम बर्तौलाले संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

सोमबार दिउँसो उपत्यकास्तरीय वृहत कार्यकर्ता भेला गरि बैठक समापन हुने बर्तौलाले बताए ।