🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नागढुंगाबाट दुई किलो अवैध सुनसहित ३ जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट सुन जस्तो देखिने पहेलो धातु २ किलोग्रामसहित ३ जनालाई २०८० मंसिर २१ गते बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रसुवा गोसाइकुण्ड गाउँपालिका-५ घर भएका २६ बिरू तामाङ, २१ वर्षीय सुनिल भुजेल र २८ वर्षीय ग्याल छिरिङ तामाङ रहेका छन् । 

\"\"

भन्सार छली सुन ल्याउन लागेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०२८ च २६९७ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गियरबक्स नजिक बिस्कुट आकारमा २ थानमा रहेको उक्त धातुसहित उनीहरूलाई पक्राउ गरेको हो ।

\"\"

यसैगरी उनीहरूको साथबाट ६ थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ । 

\"\"