🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल सुपर लिग : एफसी चितवन र बुटवल लुम्बिनी १-१ को बराबरीमा

काठमाडौं, २१ मङ्सिर । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत एफसी चितवन र बुटवल लुम्बिनी बराबरीमा रोकिएका छन् ।

विहिबार दशरथ रंगशालामा सम्पन्न खेलमा एफसी चितवन र बुटवल लुम्बिनी १-१ गोलको बराबरीमा रोकिएका हुन् । १-० ले पछि परेको बुटवल लुम्बिनीका लागि स्टेफेन समिर बिनोंगले खेलको ९०औं मिनेटमा गोल गर्दै खेल बुटवल लुम्बिनीलाई हारबाट जोगाएका थिए ।

यसअघि एफसी चितवनका लागि खेलको ४८औं मिनेटमा उत्सव राईले गोल गर्दै अग्रता दिलाएका थिए ।

यो बराबरीपछि दुवैले एक एक अंक बाँडेका छन् । यो खेलपछि एफसी चितवनको ४ खेलमा ५ अंक भएको छ भने बुटवल लुम्बिनीको ४ खेलमा ४ अंक भएको छ ।

अब एनएसएल अन्तर्गत शुक्रबार बीरगन्ज युनाइटेड र झापा एससीबीच खेल हुनेछ ।