🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ

दोधारा चाँदनी । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पछिल्लो समय मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको बताउनुभएको छ ।

    
    प्रेस सेन्टरद्वारा  आज महेन्द्रनगरमा  आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “मुलुक अहिले अग्रगामी दिशातर्फ गइरहेकाले व्यवस्था उल्टिने  अवस्था होइन ।” उहाँले जनताको समस्या बुझ्नका लागि आफ्नो पार्टीले  विशेष रुपान्तरण अभियान सुरु गरेको बताउनुभयो । “जनता र पार्टीको नङ र मासुको सम्बन्ध हुनुपर्छ”, उहाँले भन्नुभयो, “यसै अभियानअन्तर्गत पार्टीका नेता कार्यक्रता जनताको घरदैलोमा पुग्नेछन् ।”सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन परिणाममुखी काम गरिरहेको बताउनुभयो ।