🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महाधिवेशनको मिति तय गर्न नेकपा एसले सोमबारलाई बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले महाधिवेशनको मिति तय गर्न भोलि (सोमबार)का लागि सचिवालय बैठक बोलाएको छ । 

यसअघि एसले आगामी माघमा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो । त्यो समयमा राष्ट्रिय सभाको निर्वाचन हुने भएकाले नयाँ मिति टुङ्गो लगाउन १८ गते सोमबारलाई सचिवालय बैठक बोलाइएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

बैठक एसको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । बैठकमा अन्तरपार्टी निर्देशन(अपानि)मा नेताहरूको जिम्मेवारी हेरफेर, र कार्यविभाजन गर्नेदेखि विभिन्न कमिटीमा प्रतिनिधि मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने खतिवडाले जानकारी दिए। 

बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी हेरफेर गरी सक्षमता र योगदानका आधारमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तथा पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, देशभर पार्टी सङ्गठन विस्तार र पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना बनाउन छलफल गर्ने बताइएको छ ।