काठमाडौं । पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानलाई कर्णाली प्रदेशले विधेयक बनाउने ठेक्का दिइएको छ । ५ लाख रुपैयाँमा उनले केही बिधेयक बनाउने ठेक्का पाएका छन् । उनलाई बिधेयक बनाएको कुनै अनुभव नै नभए पनि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ठेक्का दिएका हुन् । प्रदेश नम्बर ७ को सरकारसंग पनि उनले विधेयक बनाउने ठेक्का लिनेगरी सहमत गराइसकेका छन् । महान्यायाधिवक्ता हँुदा दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणमा विवादास्पद अभिब्यक्ति दिएपछि प्रधान विवादमा तानिएका थिए ।
प्रधानले विश्वव्यापी चर्चा पाएको पत्रकार डेकेन्द्र थापा हत्या प्रकरणमा हत्याका अभियुक्तहरूलाई जोगाउन र कानूनी कारबाही नगर्न दिएको निर्देशनले उनलाई विवादमा तानेको थियो । पछि सर्वोच्च अदालतको आदेशले सो हत्याकाण्डका अभियुक्तहरूलाई अदालतमा मुद्दा चलाइएको थियो । डेकेन्द्र थापा हत्या प्रकरणमा सरकारको समेत निकै आलोचना भएको थियो । पत्रकार थापाको हत्या जनयुद्धताका तत्कालीन विद्रोही शक्ति नेकपा माओवादीका कार्यकर्ताले गरेका थिए ।



