काठमाडौं । मुलुकबाट दैनिक रुपमा वैदेशिक रोजगारमा एक हजार २ सयदेखि १५ सयसम्म युवा जनशक्ति विदेश जाने गरेका छन । यसरी दैनिक रुपमा रोजगारीको लागि विदेश जाँदा अधिकांशले घर–खेत बन्धक राखी ऋण लिएर जानेगरेको बताइएको छ । मेनपावरमा कम्पनीमा रकम जम्मा गरेर संचालकलाई अग्रिम रुपमाबुझाएपछि मात्र उनीहरुको भिषा प्रकृया शरु हुन्छ । वैदेशिक रोजगारका लागि बुझाएको रकम केही दलाल र मेनपावरका संचालकले ठगी गरी भाग्ने गरेको गुनासो पनि बाहिर आइरहेका छन । त्यति मात्र होइन रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाउने नेपाली श्रमिकको लाशको बीमामासमेत ठगी हुने गरेको बताइन्छ ।
वैदेशिक रोजगारीका सिलसिलामा यस्ता मार्मिक घटना निरन्तर रुपमा बाहिरआइरहेका छन। बीमा रकमसमेत अरूले नै लैजाने ठगी प्रकरणका समाचारहरु पनि समाचारमाध्यममा प्रकाशित भइरहेका छन्। तर पनि यस्ता क्रियाकलाप र ठगी प्रकरण नियन्त्रणका लागि सरकारी निकाय, नेपाल प्रहरी र वैदेशिक रोजगार बोर्डसमेत सचेत हुनु सकेकोपाइँदैन । रोजगारीमा पठाउने मेनपावर कम्पनीमा ठुलठुला राजनीतिक दलहरुका नेताहरुकोसमेत संलग्नता रहेको बताइन्छ। यही कारण सरकारले चाहेर पनि गल्ती गर्ने कम्पनीका संचालकहरुलाई कारवाही गर्ने हिम्मत गर्न नसकेको गुनासो बाहिर आएको छ ।
के भन्छ ऐन ?
वैदेशिक रोजगारीको नाममा हुने ठगी नियन्त्रणका लागि आवश्यक प्रमाण जुटाउने र दलालको खोजीका लागि प्रहरीलाई मद्दत पु¥याउन वैदेशिक रोजगारी ऐन, २०६४ को व्यवस्था गरिएको छ । जसअनुसार जिल्ला प्रशासन कार्यालयलाई अधिकार दिइएको छ।रोजगार सुविधा पु¥याउन स्थानीय युवाका लागि सुरक्षित वैदेशिक रोजगार परामर्श, निःशुल्क कानूनी सेवा, सिप तालिम, मनोसामाजिक परामर्श तथा वित्तीय साक्षरताको ज्ञान दिनु आवश्यक रहेको छ।
त्यसका लागि राज्यले स्पष्ट कानून तथा नीति नियमको व्यवस्था गरिदिनुपर्ने थियो । तालिम दिएर दक्ष र सक्षम कामदार बिदेशमा पठाउन सकेको खण्डमाउनीहरुल जोखिमपूर्ण काम गर्नुपर्ने बाध्यताको अन्त्य हुन सक्थ्यो । संस्था तथा व्यक्तिगत मेनपावरहरूका लागि आवश्यक सुविधाका लागि आधिकारिक इजाजतपत्र दिन आवश्यक सुलभ व्यवस्था हुन पनि जरुरी छ।त्यसो हुन नसक्दा नक्कली भुटानीका शरणार्थीका नाममा अवैध रुपमा अमेरिकामा लैजाने भन्दैठगी गरिएको ज्वलन्त उदाहरणलाई प्रमाणको रुपमा लिन सकिन्छ ।
के हो वैदेशिक रोजगार ?
रोजगार र आय आर्जनका लागि आफ्नो देश भन्दा बाहिर गएर शारीरिक र मानसिक श्रम गर्नुलाई वैदेशिक रोजगार भनिन्छ। विश्व बजारमा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकबाट जनशक्तिहरू खपत हुने गर्दछन्। अहिले विश्व श्रम बजारमा आफ्नो देशमा काम नगर्ने तर विदेशमा गएर निम्नस्तरको श्रम गर्ने प्रवृत्ति बढेको गएको छ । आफ्नै मुलकका कामदारबाट काम गराउँदा सेवा, सुविधा धेरै दिनुपर्ने भएको छ । त्यस्तै, ट्रेड युनियनका विभिन्न झमेला बेहोर्नुपर्ने भएकाले अन्य राष्ट्रबाट कामदार ल्याएर काममा लगाउने प्रवृत्ति विश्वव्यापी रूपमा बढेको छ।यसरी वैदेशिक कामदार लैजादा मजदुर आन्दोलन,औद्योगिक बन्द र हडताल हुन पाउँदैन। सजिलै कम सेवा सुविधा दिएर बढी घण्टा काममालगाउन सकिन्छ। साथै, उत्पादन पनि बढी हुन्छ ।
बढ्दो विप्रेषण, गन्तव्य मुलुकको संख्या बढ्दै
नेपालको वर्तमान अर्थतन्त्रलाई वैदेशिक रोजगारको बाह्य विप्रेषण आयले भरथेग गरिरहेको अवस्था छ। मुलुकको कुल ग्राहस्थ उत्पादन(जीडीपी) मा विष्रेषणको योगदान ३० देखि ३२ प्रतिशतसम्म रहेको जानकारहरुको भनाई रहेको छ । नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यकता अनुरुप युवा जनशक्तिलाई दुई देखि पाँच वर्षको समयका लागि आधिकारिक तवरले पठाउँदै आएको छ ।
नेपाली युवा श्रमिक कामदारहरूको रोजगारीको आकर्षक गन्तब्यको रूपमा भारत,मलेसिया,साउदी अरब,युएई,कतार,कुबेत,बहराइन,इजरायल,दक्षिण कोरिया,जापान आदि मुलुकहरू रहेका छन। त्यसैगरी, अध्ययन र रोजगारीका लागि अमेरिका,अस्ट्रेलिया, क्यानडा,वेलायत,युरोपियन मुलुक,पोर्चुगल,हङकङ लगायतका मुलुकहरू पनि युवाहरुको आकर्षन निकै बढेको छ । बहुसंख्यक नेपाली युवायुवतीहरु अध्ययनका लागि जाने र त्यसपछि कामदार बन्दै आएका छन् ।
युवा उमेरमा विदेश, भत्ता खान नेपाल !
युवा अवस्थामा वैदेशिक रोजगारमा जाने,बृद्ध र अशक्त भए पछि स्वदेशमा भत्ता लिन फर्किने प्रवृत्ति र संख्या बढ्दै गएको छ।वैदेशिक रोजगारमा जाने प्रवृत्ति बढेसँगै अहिले गाउँघर प्राय शून्य भएको छ । शहर बजारमा पनि युवा जनशक्ति पाउन मुस्किलपरेको छ।
गाउँ घरमा युवा नहुँदा कृषि योग्य जमिन बाँझै भएका छन। कृषि उत्पादन र पशुपालन निरन्तर रुपमा घट्दै गएको छ। जसले गर्दा खाद्यान्नमा मुलुक अझ बढीपरनिर्भर हुँदैगएको छ। बिस वर्षअघिसम्म खाद्यान्नमा आत्मनिर्भर मुलुक यतिखेर वार्षिक करिब पाँच खर्ब रूपैयाँ मूल्य बरावरको खाद्यान्न विदेशबाट आयात गर्नुपर्ने अवस्थामा पुगेकोबताइन्छ। विदेशबाट आएको विप्रेषण रकम विदेशी वस्तु र सेवा खरिदका नाममा उतैतिर फर्किने गरेको जानकारहरुको भनाई रहेको छ ।
खेतीयोग्य जमिन घर घडेरीमा परिणत
युवा जनशक्ति वैदेशिक रोजगारीका लागिविदेशिदा गाउँ घरका कृषि योग्य जमिन बाँजो रहनेक्रमनिरन्तर रुपमा बढ्दै गएको छ । शहर बजारमा आधा,एक कठ्ठा, चार आना, आठ आना जग्गा घर घडेरीका लागि खरिद गर्नेक्रम निरन्तर रुपमा बढिरहेको छ ।
एक–दुई तले पक्की घर बनाउने, सवारी साधन मोटर साइकल र स्कुटर खरिद गर्ने, आफ्ना सन्तानहरूलाई बोर्डिङ स्कुलमा पढाएर वैदेशिक रोजगारबाट कमाएको रूपैयाँअनुत्पादक क्षेत्रमा लगानी गर्नेप्रचलन केही वर्ष देखि निकै नै बढेको छ। विप्रेषण रकमलाई बचत गरेर उत्पादनमुलक क्षेत्रमा लगानी भएको पाइदैन। यही कारण वैदेशिक रोजगारीबाट फर्किदा अधिकांशहरुयूवाहरु आम्दानी र बचत दुवैबाट बन्चित हुँदै आएका छन।विप्रेषण रकमलाई बचत गरेर सहि रूपमा प्रयोग गर्न नसक्दा बिसौ वर्ष वैदेशिक रोजगार गर्दा पनि उसको अवस्था पुरानै वेरोजगारी हुने रोग नेपाली समाजमा देखिने गरेको छ । अर्काेतिर युवा जनशक्ति लामो समय विदेशमा रहँदा जनसंख्या बृद्धिदर पनि खुम्चिन पुगेको छ।मर्दापर्दा गाउँमा युवा पाउन मुस्किल पर्न थालेको गुनासो बाहिर आएका छन। प्लस टु गरेपछि अधिकांश युवा जनशक्ति विदेश जानेप्रबृत्तिले गर्दा स्नातक अध्ययन गर्ने कलेजहरूमा विद्यार्थीको संख्या न्यून रहेको बताइन्छ ।
उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक संस्थाहरू विद्यार्थी नपाएर बन्द हुने अवस्थामा पुगेका छन। चालू आर्थिक वर्षको साउन,भदौ र असोज तीन महिनामा मात्र विदेश अध्ययनका नाममा करिब २९ अर्ब रूपैयाँ विदेशिएको तथ्यांक सार्वजनिक भएको छ । यो मुलुकका लागि चिन्ताको विषय हो । तर जिम्मेवार निकायमा बसेकाहरुले यस्ता बिषयलाई गंभीर रुपमा लिन सकेको पाइँदैन । (साँघु साप्ताहिक, २०८० मंसिर ४)



