🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फेरि एआइजी पद सात पु¥याइने : यी हुन् एआइजी पद ताक्नेहरु 

काठमाडौं, भदौ २५ गते । आवश्यकता र औचित्यविना नै शेरबहादुर देउवा नेतृत्वको सरकारले एआइजीका दरबन्दी बढाएर १५ पु¥याएको थियो । नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले एआइजीका अनावश्यक दरबन्दी कटौती गरी ३ वटामात्र बनाएपछि प्रहरीमा बार्षिक ३ करोड रुपैयाँ  अतिरिक्त ब्ययभार कम हुन गयोे । तर, सरकारले भागबण्डा पु¥याउन एआइजीका दरबन्दी पुनः थप्न लागेको गृह स्रोत  बताउछ ।

डीआइजीद्वय सुरेशविक्रम शाह र धिरु बस्नेतलाई बढुवा गर्नका लागि पुनः एआइजीका दुई दरबन्दी थप गरी पाँच पु¥याउन लागिएको छ ।  स्रोतका अनुसार, तीन एआइजीमा डीआइजीहरु पुस्कर कार्की, मनोज न्यौपाने र ठूले राई बढुवा हुनेछन् । तर, नेकपाका नेता जनार्दन शर्माको दबाबमा पुष्पकमल दाहालले डीआइजी सुरेशबिक्रम शाहलाई एआइजी बनाउनका लागि दरबन्दी थप्न लागेका छन् । प्रधानमन्त्री ओलीमाथि धिरु बस्नेतलाई बढुवा गर्न दोलखाका एमाले नेताहरुको चर्को दबाब परिरहेको छ । 

दरबन्दी थप्नकै लागि एआइजी बढुवामा बिलम्ब भएको समाचार छ । स्रोतका अनुसार, नेकपा अध्यक्ष दाहाल नयाँ  दिल्लीबाट फर्किएपछि मात्र नेपाल प्रहरीमा एआइजी बढुवा प्रक्रिया अघि बढ्ने स्रोत बताउछ ।   

एआइजी बढुवाका लागि कार्यसम्पादन मूल्यांकनको प्रक्रिया सकिएको छ । एआईजी बढुवाको प्रतिस्पर्धामा पाँच जनाका अलावा केही समय अघि मात्र बढुवा भएका अरु १३ डीआईजी पनि लाइनमा छन् ।

डीआईजीहरु केदार रिजाल, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दीपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, कमलबहादुर जीटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, दानसिंह बोहरा, सुशीलकुमार भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसी पनि एआईजीका आकांक्षी हुन् । (साँघु साप्ताहिक २०७५ भदौ २५ गतेबाट)