🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काङ्ग्रेसले चुनाव हारे पनि देशले जितेको छ : सभापति देउवा

तुलसीपुर, २३ भदौ (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपसी अन्तरघातका कारण काङ्ग्रेसले चुनाव हारेको बताए ।

दाङको लमहीमा आज क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कार्यकर्तालाई एक ढिक्का भएर अगाडि बढ्न निर्देशन दिए  । 

सभापति देउवाले काङ्ग्रेसले चुनाव हारे पनि देश र संविधानले जितेको बताउँदै ‘‘हामीले प्राविधिकरुपले चुनाव हारेका छौँ तर देशले जितेको छ’’, भने  । अब काङ्ग्रेसलाई अन्तरघात मुक्त पार्टी बनाएर देशकै पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिदैं उनले पार्टीको नीति नियम नमान्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए  । 

सभापति देउवाले पार्टीलाई बलियो बनाउन गाउँस्तरबाटै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिदैं ‘‘पार्टीलाइ एकताबद्ध बनाएर लैजान हामी सबै केन्द्रीय नेताहरु लागेका छौँ, तपार्इंहरु पनि गाउँ तहमा एकताबद्ध हुनुहोस्’’, भने   । उनले कार्यकर्तालाई गुट–उपगुटमा नलाग्न आग्रहसमेत गरे  । 
–––