🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल सम्वत् व्यवहारमा लागू गर्न सरकारको दस्तावेजमा लेख्ने प्रतिवद्धता : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा घोषणा गरिए पनि त्यसको व्यवहारिक कार्यान्वयन निकै कम भएको भन्दै आफ्नै पालामा सरकारी दस्तावेजमा लेख्नेगरी व्यावहारिक प्रयोगमा लैजाने प्रतिवद्धता जनाएका छन् ।

 \"\"

मानव अधिकारवादी तथा साहित्यकार पद्मरत्न तुलाधारको पाँचौ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले नेपाल सम्वतलाई राष्ट्रिय सम्वत घोषणा पनि आफ्नै पहिलो प्रधानमन्त्रीत्वमा गरेको भन्दै त्यसको व्यावहारिक कार्यान्वयन गर्न सरकारी दस्तावेजमै देख्ने प्रतिवद्धता जाहेर गरे । 

\"\"

उनले भने, ‘अब नेपाल सम्वत राष्ट्रिय सम्वत भनेर मात्र भएन त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नपर्यो । सायद यो मेरै भागमा परेको छ । त्यो राष्ट्रिय सम्वत नेपाल सरकारको दस्तावेजमा, माइन्युटमा लेख्नेगरी लैजाने प्रतिवद्धता पद्मरत्नजी को सम्मानमा गर्दछु ।’

\"\"

\"\"

उनले पद्मरत्न तुलाधार जस्तो व्यक्ति समाजले विरलै मात्र पाउने भन्दै तुलाधर आफ्नो राजनीतिक जीवनमा र व्यक्तिगत रुपमा पनि अभिभावक भएको बताए । उनले पद्मरत्नको विचार संस्कार र योगदानको आवश्यकता समाजमा बढेको बताए । 

\"\"

‘नेपाली समाजको रुपान्तरण, एकता, सबैको हक अधिकार र पहिचानको निम्ति जसरी उहाँले लड्नुभयो, आज उहाँको विचार संस्कारको आवश्यकता अझ बढ्न गएको छ, ’ प्रधानमन्त्री दाहालले भने ।