काठमाडौँ, २४ कात्तिक । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उपरथी ताराध्वज पाण्डेले दिएकाे राजीनामा सैनिक ऐनले गरेकाे व्यवस्था अनुसार, प्रधान सेनापति प्रभुराम शर्माले स्वीकृत गरेकाे जानकारी हुन आएकाे छ ।
पाण्डेले दिनुभएको राजीनामा प्रधान सेनापति प्रभुराम शर्माबाट स्वीकृत भएपछि नेपाली सेनाको मुख्यालयले रक्षा मन्त्रालयसमक्ष जानकारीका लागि पठाएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
–––



