🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘डिफ्याक्टो’ मन्त्रीको कमाल 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भृकुटीमण्डपस्थित फनपार्क भाडामा लगाउँदा अनियमिता गरेको आरोपमा तत्कालीन समाजकल्याण परिषदका सदस्यसचिव रविन्द्र यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले नेपाल विद्युत प्राधिकरणका पूर्व कर्मचारीसमेत रहेका यादव, तत्कालीन महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री बद्री मैनाली र फनपार्क संचालक गुरुङलाई दोषी करार गर्दै बिशेष अदालतले बिगो, जरिवानासहित जेल संजायसमेत तोकेको छ । तर, यी तीनै जनाले विशेष अदालतले गरेको फैसलाविरुद्धसर्वोच्च अदालतमा पुनरावेदन गरेका छन ।

अख्तियारले ६ जनाविरुद्ध ३१ करोडका दरले बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दाएर गरेको थियो । यसरी मुद्दा दायर गरेकाहरूमा २०६९ सालमा मन्त्री बनेका महिला बालबालिका तथा समाज कल्याण मन्त्री बद्री न्यौपाने, सदस्यसचिव रवीन्द्रकुमार यादव, कोषाध्यक्ष कुञ्जविहारी चौधरी, उपाध्यक्ष प्रमोद मेहता, सदस्यद्वय मदनलाल कर्ण र हरि न्यौपाने रहेका छन् । तत्कालीन निर्देशक मदनप्रसाद रिमालविरुद्ध समेत अदालतमा मुद्दा दायर भएको थियो ।सर्वोच्च अदालतले उनीहरुले गरेको उक्त पुनरावेदन उपर कुनै निर्णय  गरिसकेको छैन । 

त्यही कारण उनीहरु अहिले बिशेष अदालतको फैसलालाई चुनौती दिंदै खुल्लमखुल्ला रुपमा हिंडडुल गरिरहेका छन । रवीन्द्र भने खानेपानी मन्त्री महिन्द्र राय यादवका सहोदर भाइ हुन । उनी विद्युत प्राधिकारण आठौं तहका पूर्व कर्मचारीसमेत हुन् । यतिखेर उनी दाईको मन्त्री क्वार्टरमा पुल्चोकमा बसेर मन्त्रालय मातहत निकायको सरुवा बढुवा र सरकारी नियुक्तिमा आँखा लगाउँदै आएको स्रोतले जानकारी दिएको छ ।

त्यति मात्र होइन, उनले तराइबासी पूर्व प्रशासकहरुसँग मिलेमतो र साँठगाँठ गरी कर्मचारीको सरुवामा पनि चासो लिने गरेका छन् । आफूले भनेको नमान्ने कर्मचारीलाई उनले ठेगान लगाउने गरेको पनि चर्चा छ । उनको आदेश नमान्दा खानेपानी तथा ढल व्यवस्थापन बिभागका तत्कालीन महानिर्देशक रमाकान्त दुवाडीलाई उनले राम्रै संजाय दिएका छन । सहसचिव दुवाडीलाई उनकै योजनामा विभागबाट संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बिराटनगरमा सरुवा गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेकै बखत यसअघि दुवाडीलाई मन्त्रालयमा सरुवा गरेर बिभागमा खटाइएको थियो । तर स्वार्थ समूहले उनलाई जायज भन्दा पनि नाजायज काम गर्न लगाएको आरोप बाहिर आएको थियो । तर, स्वार्थपूर्ति गर्न खोज्नेहरुको मनोकाँक्षा पूरा गर्न महानिर्देशक दुवाडीले इन्कार गरेकै कारण उनलाई आयोजनामा सरुवा गरिएको स्रोतले बताएको छ । साथै, मन्त्रालयका सचिव आमआधार साहसँग यादवले गोप्य रुपमा साँठगाँठ गरी भित्री रुपमा आफ्नो स्वार्थपूर्ति गराउँदै आएको गुनासो मन्त्रालयका कार्मचारीले गरेका छन् । ‘डिप्mयाक्टो’ मन्त्री यादवकै कारण खानेपानी मन्त्रालयका कर्मचारीले राम्रोसँग कामसमेत गर्न नपाएको बताइन्छ ।

मन्त्रालयमा ‘भाइ यादव’ हम्मेसी आउदैनन् । तर मन्त्री क्वार्टरमा नै बसेर उनले सरकारी स्रोत साधनको दोहन मात्र गरेका छैनन् कि सचिव साहसँग मिलेर कर्मचारीको सरुवामार्फत राम्रै कमाई गर्दै आएको स्रोतलेबताएको छ । यादवले मन्त्रीले सचिवालयमा पाउने सुविधा अन्तर्गतको एकजना भान्सेलाईसमेत आफ्नै घरमा लगेर काम लगाएको स्रोतले बताएको छ । (साँघु साप्ताहिक, २०८० कात्तिक २०)