• शनिबार-श्रावण-१२-२०८१

शान्ति सेनाका लागि गाडी खरिद कसले रोक्यो ? : सम्भार रथीका लेखापालले ठेकदारलाई हैरान पारे

 

श्री सम्पादकज्यू, साँघु साप्ताहिक, नमस्कार ।
  
नेपाली सेनाका सिपाहीको समस्या हजुरले आफ्नो साँघु साप्ताहिक पत्रिकामा र साँघु न्यूज डटकममा प्रकाशित गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छौं । साँघु साप्ताहिकमा सिपाहीको पीरमर्का समस्या छापि दिंदा नेपाली सेनामा केही सुधार र कारवाहीहरु भएका छन् । साथै माथिल्लो तहबाट सुनुवाई पनि भएका छन । आज चाहिं हामीले हामी सामान सप्लायर्स पीडित ठेकेदारहरुको केही गुनासो पठाएका छौं । यसलाई पनि छापि दिनु हुनेछ भन्ने अपेक्षा गरेका छौं ।


प्रधानसेनापतिज्यू ! यी बेथितिलाई तत्काल समाधान गर्न अनुरोध गर्दछौं  ।


नेपाली सेनाको खरिद निकाय हेर्ने सम्भाररथी विभागका जर्नेल, केही अधिकृत र लेखापाल लक्ष्मणको खराब नियत गर्दा हामी नेपाली सेनाका लागि सामान सप्लाई गर्ने सप्लायर्सहरु त्रसित छौं । निजले जर्नेल, कर्णेलहरुको आडमा खोलुवा सम्पन्न भई सकेर नियम अनुसार भुक्तानी माग गरेको बिलको फायलहरु लामो अवधिसम्म थन्क्याउने र समयमा भुक्तानीको लागि सम्वन्धित ठाउँमा पत्राचार नगर्ने गरेर दुःख दिएको धेरै भई सक्यो ।


निजले  सामान डिपो दाखिला गरेको निकायबाट फायल आएपछि सम्वन्धित सप्लायर्सबाट भुक्तानी रकममा पर्सेन्टेज मागेर हैरान पार्ने  गरेको छ । कतिपय सप्लायर्सलाई सम्भाररथीका हाकिमलाई बुझाउनु पर्छ भनि माग्ने गरेको कारण हामी हैरानीमा छौं । निजले सम्भाररथी विभागका हाकिमहरुले भेट्न चाहेको सप्लायर्सलाई बाहिर अनुकूल ठाउँहरुमा भेटाउने चाँजोपाँजो समेत मिलाउने र थैली बोकेर भेट्न जान नचाहनेहरुलाई भुक्तानीको फायल रोकेर हैरान पार्ने गरेका छन् ।


 निजको सरुवा अन्तै भएको लामो अवधि भए पनि नेपाली सेनाका सूचीकृत सप्लायर्सहरुसंग दशैं खर्च उठाउनको लागि जर्नेलहरुकै चाहनामा उनी त्यही अफिसमा बसिरहेका छन् । जबकि उसको ठाउँमा आएको लेखापाललाई चाहिं काम नदिएर मूर्ति झैं बनाएर राखिएको छ ।


भन्न त निज लेखापालले बाबु बिरामी भएर सरूवा भएको युनिट नगएको भन्दा रहेछन । बाबु विरामी भएर अस्पताल भर्ना गरेको लेखापाललाई सम्भाररथी जस्तो व्यस्त, संवेदनशील  निकायमा नराखी अस्पताल मै वा अस्पतालको नजिकको युनिटमा काज राखेको भए निजको बाबुको उपचारमा राम्रोसंग रेखदेख गर्न सक्थे कि ?


जर्नेलहरुको नाम लिएर पैसा उठाउन व्यस्त उनीमात्र त्यस अफिसमा एक्लो होईनन् अधिकृत लेवलकै कतिपय व्यक्तिहरुले चिफको अफिसमा र जर्नेलहरुलाई यति कमिशन बुझाउनु पर्छ भनि सप्लायर्सहरुलाई टेण्डर हुनु अगाडि देखिनै क्यालकुलेटरमा प्रतिशत थिचेर देखाउने गरेका छन् । जसका कारण हामी सामान सप्लायर्स साहै्र पीडित भएका छौं ।


त्यसैगरी शान्ति सेनाको लागि चाहिने बख्तरबन्द गाडीहरुको खरिदमा समेत नाम जी टु जी काम चाहिं सेनाका हाकिमहरुले मोटो कमिशनका लागि सेटि¨ मिलाएर पावरफुल कांग्रेसका नेताका भाईले काम उम्काउँदा हाल त्यसको एलसी खुल्न सकेन कारण थियो सबै ठाउँमा कमिशनको भागबण्डा  नपुग्नु ।


शान्ति सेनाका लागि आवश्यक उक्त गाडी खरिद हुन नसक्दा युएनमा नेपाली सेनाको छवि विग्रिएको छ । फौजबाट माग भएका बख्तरबन्द गाडी खरिदको व्यवस्था नहुँदा आवश्यक नेपाली शान्ति सेना फौज मिशनमा लान नसकेको कारण नेपालले ठुलो बद्नामी भोगी रहेको हामीले थाहा पाएका छौं । यस्तो बद्नामीको न प्रधानसेनापति न रक्षा मन्त्री न प्रधानमन्त्रीलाई चिन्ता छ न राष्ट्रपतिलाई । सेना र सरकारनै कमिशनमा फसेपछि कसैको केही नलाग्ने रहेछ भन्ने पुष्टि भई सक्यो ।


प्रधान सेनापतिज्यू !
 देशको ईज्जत र गौरब बढाउने यस संस्थालाई धराशायी नबनाउको लागी सरकारलाई दबाब दिनुस् र जी टु जी होईन नेपाली शान्ति सेनाका लागि आवश्यक र सामानहरु खरिद गर्नको लागि ऐन, नियम अनुसारको टेण्डर आव्हान गर्नुस् यसो गर्नाले न भारत भन्नु प¥यो न चाईना भन्नु प¥यो न अमेरिका जो स्पेक अनुसार, नियमसंगत टेण्डर लिएर आउंछ उसैले ठेक्काको काम गर्छ । हाम्रो देशको शान्ति सेनाको गौरबलाई डुब्न नदिनुस् चिफ सा’ब ।         –पीडित ठेकेदारहरु 

 

(साँघु साप्ताहिक, २०८० कात्तिक १३ बाट)
 

प्रतिकृया दिनुहोस