• बुधबार-असोज-१-२०८२

जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन

सुनसरीको इनरुवास्थित शहीद गेटमा दीप प्रज्वलनमा सहभागीहरु । तस्बिर : गोपाल दाहाल

 

काठमाडौँ, १ असोज : नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ । 

जेनजी आन्दोलनको क्रममा दिवङ्गतहरूको सम्झनामा नेपाल पत्रकार महासङ्घ उपत्यका समितिले बुधबार साँझ माइतीघर मण्डलमा आयोजना गरेको दीप प्रज्वलनमा सहभागी पत्रकारहरु । तस्बिर : गोपाल दाहाल / रासस

 

प्रदेश कमिटीले आज माइतीघर मण्डलामा मौनधारण गरी दीप प्रज्वलन गरेको हो । जेनजीले निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता र पारदर्शीता स्थापित गर्नुपर्नेलगायत माग गर्दै भदौ २३ र २४ गते देशैभरि आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा हालसम्म ७३ जनाको मृत्यु भएको छ । 
---

 

प्रतिकृया दिनुहोस