🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आफ्नै साथीको हत्या गरी फरार व्यक्तिहरू प्रहरीद्वारा पक्राउ

जनकपुर । २०८० कात्तिक ०९ गते बिहानको समयमा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. २३ बसविट्टीस्थित राधाकृष्ण मन्दिरदेखि वेलाटोल तर्फ जाने सार्वजानिक कच्ची सडकको पूर्व किनारमा रहेको धान खेतमा नाम थर वतन नखुलेको बर्ष २४ को पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको भन्ने सूचना  जिल्ला प्रहरी कार्यालय  धनुषाले पाएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय  धनुषाले सूचना पाउनासाथ प्रहरी निरीक्षक विनय कुमार सिंहको कमाण्डमा SOCO र DOG  सहितको अनुसन्धान टोली खटिएर लाश जाँच मुचुल्का लगायतका कानूनी प्रक्रिया पूरा गरी मृतक लाश पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय  धनुषाले जानकारी दिएकाे छ ।

    मृतककाे लाश जिल्ला धनुषा ज.उ.म.न.पा. वडा नं. २४ सोनापेडा बस्ने  फुलगेन चमारको छोरा बर्ष २४ को रुपेश महरा चमारको रहेको भनि मृतकको आफन्तबाट सनाखत भई लाश पोष्टमार्टम पश्चात सदगदको लागि आफन्तले बुझेर लगेको थियाे । घट्ना सम्बन्धी अनुसन्धानको क्रममा जिल्ला धनुषा जनकपुरधाम उप-महानगरपालिका वडा नं. २४ बसहिया सहनी टोल बस्ने  बर्ष २० को पवन सहनी र जिल्ला धनुषा ज.उ.म.न.पा. २४ बसहिया मुसहरिटोल घर भई हाल साेही सोनासति मन्दिर नजिक डेरा गरी बस्ने बर्ष २० को हरिचन मण्डललाई समेत पक्राउ गरी निज शंकित द्वयहरुमाथि  कर्तव्य ज्यान मुद्दा शीर्षकमा थप अनुसन्धान कार्य भईरहेको  ।