धुलिखेल । काभ्रेमा एमालेको नेताहरु सवार बोलेरो कात्तिक १२ गते साँझ दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । खानीखोला गाउँपालिकामा चियापान कार्यक्रम समापन गरी तालढुंगाबाट बेथानचोकतर्फ आउँदै गरेको बा १४ च ७०७७ नम्बरको एमाले नेता सवार बोलेरो बेथानचोक-१ मा दुर्घटनामा परेको हो।


१८ जना सवार उक्त बोलेरोमा प्राय सबै एमालेका नेताहरू रहेको बताइन्छ । दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ।

घाइते हुनेमा स्याङ्जाको पुतलीबजार-५ की ३६ वर्षीया सिर्जना नेपाली, उनका १३ वर्षीय छोरा शुभम श्रेष्ठ, ५ वर्षीय छोरा सुरज श्रेष्ठ, काभ्रे चौरीदेउराली गाउँपालिका-७ की पूर्वसांसद ४० वर्षीय नविना लामा रहेका छन्।
यस्तै, अन्य घाइते हुनेमा खानीखोला गाउँपालिका-५ की ४० वर्षीया रचना मगर, उनकी १६ वर्षकी छोरी इन्जिला सोडारी, दोलखाको कालिन्चोजक गाउँपालिका-३ की ३२ वर्षीया मिना श्रेष्ठ, सोही ठाउँका ३५ वर्षीय गोविन्द श्रेष्ठ, खानीखोला गाउँपालिका-६ का ३५ वर्षीय दिपेन्द्र राना, पाँचखाल नगरपालिका-१२ की ३५ वर्षीय भक्तकुमारी लामा र बेथानचोक गाउँपालिका-१ का ७४ वर्षीय सिङ्त्तान तामाङ रहेका छन्। यीमध्ये केहीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
-रिकेश विश्वकर्मा(क्षितिज )



