🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मुलासँग नखाऔं यी पाँच चिज

हामीले मुलाको सेवन सलाद तथा तरकारीका रुपमा समेत गर्दछौं । यसको सेवन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । मुलामा भिटामिन ए, क्याल्सियम तथा आइरनजस्ता तत्वहरु हुने गर्दछन्, जुन शरीरका लागि निकै फाइदाजनक मानिन्छ । तर, केही यस्ता चिजहरु जुन मुलासँग सेवन गर्नु स्वास्थ्यका लागि उपयुक्त हुँदैन । 

काँक्रा : मुला र काँक्रा सलादका रुपमा एकसाथ प्रयोग गरिन्छ । तर, यो शरीरका लागि खतरायुक्त हुन्छ । काँक्रामा एक्सर्बेट हुने गर्दछ, जसले शरीरमा भिटामिन सीलाई घटाउने गर्दछ । यी दुबै एकसाथ खानबाट बच्न जरुरी छ । 

दुध : दुधसँग मुला सेवन गर्दा छालासमबन्धी समस्या सिर्जना हुन सक्दछ । त्यसैले दुध र मुला सेवन गर्दा समयको अन्तराल राख्न जरुरी हुन्छ ।

करेला : मुला र करेला एकसाथ सेवन गर्दा हृदय तथा स्वासप्रश्वासमा समस्या आउन सक्छ । मुलामा ल्याक्सेटिव गुण हुने गर्दछ, जसले पेटको समस्या सिर्जना गर्न सक्दछ । एकसाथ करेला र मुला सेवन गर्दा कब्जियत हुन सक्छ । 

चिया : मुलासँगै चिया सेवन गर्नु हुँदैन । यसले एसिडिटी र कब्जियतको समस्या हुन सक्छ ।

मुलाको सेवन गरेपछि शरीरमा पानीको अभाव हुन्छ, जसले डिहाइड्रेसन समस्या हुन सक्छ । त्यसैले मुलाको सेवनपछि पर्याप्त पानी पिउन जरुरी हुन्छ । त्यसैगरी, मधुमेह वा हृदयसम्बन्धी समस्या भएका व्यक्तिले मुलाको सेवन कम गर्नुपर्दछ । कम रक्तचाप भएका व्यक्तिले पनि मुलाको सेवन गर्नु हुँदैन । (साँघु साप्ताहिक, २०८० कात्तिक ६)