🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मोटरसाइकल दुर्घटना हुँदा ड्युटीमा खटिएका प्रहरी जवानको मृत्यु

बारा । ड्युटीको सिलसिलामा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले दिएको जानकारी अनुसार मिति २०८० कार्तिक ११ गते शनिबार बिहान बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका- १६ काँठगाट तर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गर्दै जाने क्रममा मोटरसाइकल दुर्घटना भई प्रहरी जवान आकाश सुनारको मृत्यु भएको हो ।

कन्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं.११ घर भई इलाका प्रहरी कार्यालय निजगढ,बारामा कार्यरत प्रहरी जवान सुनार ड्युटीको सिलसिलामा जितपुरसिमरा उपमहानगरपालिका १६ ग्रिनलाइट होटल अगाडि अकस्मात निजले चलाएको ज.१२.प ७१५४ नं.को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए ।

घाइते प्रहरी जवान सुनारको तत्काल उद्धार गरी प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकि एलएस न्युरो अस्पताल लगिएकोमा सोही अस्पतालमा उपचारका क्रममा प्रहरी जवान सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले जानकारी दिएको छ ।