वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा २०८० असाेज २७ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ गिरिजा चोकबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका ६ लाखकाे सामान बरामद गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, भन्सार छली चोरी पैठारी गरी ल्याइएका सामानहरूमा खाद्यान्न तथा लत्ताकपडाहरू सार्वजनिक भाडाको अटोमा लोड गर्दै गरेको अवस्थामा बरामद गरिएकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ मालबस्तुहरू छाडी भागी मानिसहरू फरार भएको हुँदा रू. ५,८९,५९०।– (पाँच लाख उनान्वे हजार पाँच सय नब्बे रूपैयाँ)का सामानहरु बरामद गरी २०८० असाेज २९ गते आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएकाे छ।
भन्सार छली चोरीका बरामद सामानहरूकाे विवरण
१. काजु-१२ डिब्बा १२० के.जी.
२. मैदा-९८ के.जी.
३. चिनी-३२ के.जी.
४. ललिपप चक्लेट-२४ के.जी.
५. तिलौरी पापड-२० के.जी.
६. केराउ-२४ के.जी.
७. Snacker चक्लेट-७ कार्टुन ( ५४ प्याकेट )
८. सुर्ती-३२ के.जी.
९. सर्ट थान कपडा-१०२० मिटर
१०. पार्दा रेडिमेट-७७ पिस
११. कुसुन कभर-१०५ पिस
१२. कुर्ता सुरवाल-१४ पिस



