🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोशीको मुख्यमन्त्रीमा दाबी गरेका दुवैको आ–आफ्नै तर्क

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका माओवादीका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले आ–आफ्नै तर्क प्रस्तुत गरेका छन् ।

मुख्यमन्त्रीमा दाबी पेस कांग्रेस कार्कीले आफूले संविधानको धारा १६८ (५) को उपयोग गरेको दाबी गरेका छन् । प्रदेश सरकार गठनको विषयलाई लिएर कोशीमा कुनै पनि दलले आधिकारिक निर्णय नगरेकाले आफ्नो निर्णय गर्न प्रदेशसभा सदस्यहरु स्वतन्त्र रहेको र आफूले त्यसको उपयोग गरेको उनको तर्क छ ।

सरकार गठनको विषयमा प्रदेशको संसदीय दलमा निर्णय गर्नुपर्नेमा केन्द्रले गरेको भन्दै उनले केन्द्रमै पनि पार्टीले कुनै निर्णय नगरेकाले सांसदको स्वतन्त्रताका हिसाबले अवसर सदुपयोग गरेको कार्कीले बताए । उनले कांग्रेसका ८ जना र एमालेको ३९ जना सांसदको समर्थनमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्री पदको दाबी पेस गरेका छन् ।

यसैबिच, सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा दाबी गरेका माओवादी कोशी प्रदेश संसदीय दलका नेता आङ्बोले मुख्यमन्त्री नियुक्तिको विषयमा प्रदेश प्रमुखले निकास निकाल्ने विश्वास आफूले लिएको बताएका छन् ।

मुख्यमन्त्रीका लागि दाबी पेस गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रदेश प्रमुखले संवैधानिक र कानुनी रुपमा विज्ञहरुसँग परामर्श गरेर निकास निकाल्ने विश्वास आफूले लिएको बताएका हुन् ।

००