🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इजरायलबाट नेपालीको शव तत्काल ल्याउन सकिँदैन् : परराष्ट्र मन्त्रालय

काठमाडौँ । परराष्ट्र मन्त्रालयले इजरायलमा मारिएका दसजना नेपालीको शव तत्काल ल्याउन नसकिने प्रष्ट पारेको छ ।

२०८० असाेज २४ गते बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले शव तत्काल ल्याउन नसकिने प्रष्ट पारेकी हुन् ।

‘शव तत्काल ल्याउन सकिदैन् । इजरायल सरकारको प्रोटोकल अनुसार अहिले नै आउँदैन । अहिले पनि युद्धकै अवस्था रहेकाले उहाँहरूले शव व्यवस्थापनका विषयमा केही सोच्नुभएको छैन । हामीले पहल गरिरहेका छौं । तर, तत्काल ल्याउन सकिँदैन’ उनले भनिन् ।

पहिलो चरणमा विद्यार्थीहरूको उद्धार गरिने जानकारी दिँदै उनले भनिन्, शव भने इजरायल सरकारले आफ्नो प्रकृया पूरा गरेर हस्तान्तरण गरेपछि मात्रै आउने बताइन् ।

‘तत्कालै ल्याउन सकिँदैन । मृतकका आफन्तहरूको शव ल्याउन ढिलाई हुँदा पीडा हुनु स्वभाविक हो । तर, इजरायलमा युद्धकै अवस्थामा रहेकाले तत्काल शव ल्याउन सकिँदैन । सबैले त्यही अनुसार बुझिदिनुपर्यो’ उनले भनिन् ।