🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हाम्रा नेताहरूको मूल्याङ्कन गर्ने बेला भएको छैनः रास्वपा उपसभापति अर्याल 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले आफ्ना नेता कार्यकर्ताहरूको मूल्याङ्कन गर्ने बेला नभएको बताएका छन् । 

बुधबार पार्टीको प्रथम काठमाडौं जिल्ला भेला कार्यक्रममा बोल्दै उनले पार्टीले नीति बनाउन नसक्दा केही कमजोरी हुने तर कसैमाथि पनि आक्रामक रुपले प्रस्तुत हुने र कारवाही गर्ने खालको काम गर्न नहुने बताए । 

\"\"

उनले भने ‘पार्टी निर्माण गर्दै गर्दा नजानेर पनि साना–साना कमी कमजोरीहरू हुन सक्ने र पार्टीले नीति बनाउन नसक्दा केही कमजोरी हुन सक्नेछ । त्यसैले हाम्रा नेताहरूको मूल्याङ्कन गर्ने बेला भइसकेको छैन । कसैमाथि पनि आक्रामण रूपले प्रस्तुत हुने र कारवाही गर्ने खालको कामबाट हामी टाढा रहनु पर्छ ।’

उनले पार्टीभित्र विभिन्न प्रकारका डर, शंका, उपशंकाहरु उब्जेको अवस्थाबाट आफूहरू गुज्रिरहेको बताए । उनले भने ‘हामीकहाँ भित्रिएका साथीहरू सबै पार्टी बिगार्न भित्रेका पो हुन कि रु अरु पार्टीले पठाएका पो हुन् कि रु अरु नेताहरुले पठाएका पो हुन कि भन्ने शंका गर्नुपर्ने चरणमा हामी छौं । त्यसैले नआत्तिकन काम गर्नु पर्नेछ ।’

उनले राजनीतिलाई फोहोरको ढङ्गुर हो भनेर सोच्ने गरिएकामा शिक्षविद्, स्वस्थ्यविद्, इन्जिनियरहरु रास्वपासँग जोडिएको देख्दा खुसी लागेको बताए ।