विद्वान राजनीतिज्ञ नेताको रुपमा परिचित नेताहरु मध्ये पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पनि एक हुन् । पछिल्लो समय उनै विद्वान नेता पार्टीदेखि जनतासम्म बेला बेला विवादमा तानिने गरेका छन् ।
आज असाेज २१ गते बिहान नेता भट्टराईको आफ्नो फेसबुकबाट लेखेकाे स्ट्याटसले फेरि उनी विवादमा तानिएका हुन् ।
गोरखाको भीमसेनथापा गाउँपालिका- ६, रिपमा पुगेर उनले आफ्नो गाडी हिलाेमा फसेको भन्दै दु:ख व्यक्त गर्दै स्ट्याटस लेखेर फोटोसहित फेसबुकमा पोस्ट गरेका थिए।
उनले यस्तो लेखेका थिए- 'गोरखा भीमसेन गापा-६ रिपमा पटकपटक गाडी फसेको कटु अनुभव ! ग्रामीण क्षेत्रका प्राय:सडकको अवस्था यस्तै !'
उक्त पोस्टमा एकजना व्यक्तिले भने पूर्व प्रधानमन्त्री भट्टराईले मुखाभरीको जवाफ पाउने गरि टिप्पणी गरेका छन् ।
सुदीप उप्रेती नाम गरेको फेसबुक आइडीबाट भट्टराईको पोस्टमा यस्तो कमेन्ट गरिएको छन,- "लाज नभएर के बोल्नु भएको ? लाज त छ नि ? आफू सत्तामा भएको बेला चाहिँ कसले के हेरेर बसेको ? अहिले गाडी फस्यो भनेर भन्दा अलिकति नराम्रो लागेन ? देशलाई सिङ्गापुर बनाउने कटु भ्रमसहित जनतालाई झुक्याएको त कहाँ बिर्सिन्छ त जनताले भनेर पारिरहेको भैरेले भन्दै थियो।"
टिप्पणी आउनु स्वाभाविक नै हो, किनभने एकछिन बाबुरामको राजनीति इतिहासतर्फ लागौं ।
गोरखामा जन्मिएका नेता भट्टराईको राजनीतिक इतिहास हेर्ने हो भने पनि फराकिलो छ । एक दशक लामो राजनीतिक गृहयुद्धबाट नेपाल राजतन्त्रबाट गणतन्त्रमा रुपान्तरण भएको थियो। त्यो समयमा भट्टराईको पनि सत्तामा महत्वपूर्ण भूमिका रहेकाे थियो। २०६४ सालको निर्वाचनमा गोरखा १ बाट माओवादी उम्मेदवारका रुपमा नेपालको संविधानसभाको सदस्यमा निर्वाचित भएका भट्टराई निर्वाचनपछि अर्थमन्त्री समेत बनेका थिए।
२०६८ भदौ ११ मा नेपालको ३६औं प्रधानमन्त्री बनेका उनले २०६९ फागुन ३० गते आफ्नो पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका थिए । राजीनामा अगाडि उनी माओवादी पार्टीको स्थायी कमिटी सदस्य र उपाध्यक्ष पनि थिए।
त्यसपछि २०७६ मा नयाँ शक्ति पार्टी , नेपाल सङ्घीय समाजवादी फोरम , नेपालको एकीकरणबाट बनेको नवगठित समाजवादी पार्टी, नेपालको सङ्घीय परिषदको अध्यक्ष पनि थिए। पछि समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल बिच एकीकरण भएर जनता समाजवादी पार्टी नेपाल गठन भयो ।
नेता भट्टराईको यो राजनीतिक फराकिलो इतिहास अझै कोट्याउन बाँकी बसे होलान् । साँच्चै प्रधानमन्त्री भएदेखि आजसम्म आइपुग्दा आफ्नो निर्वाचन क्षेत्र, जन्म जिल्लामा पुगेर सडकको दु:खद अवस्था देखाउनु त जनतालाई गिज्याएको जस्तै भएन होला र ?
कुनै बेला प्रधानमन्त्री भएर फूलमाला लगाएका बाबुराम जस्ता नेताले आज सडकमा गाडी फस्यो भनेर फेसबुकमा गुनासाे गर्दै पोस्ट गर्नुपर्ने यो देशमा जनताले के अवस्था भाेगेका हाेलान् ? राज्यले के साेचेकाे हाेला ? अहिले चासोको विषय बनेको छ।
-रिकेश विश्वकर्मा(क्षितिज)



