🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हराएकी भनिएकी महिला घरको भकारीभित्र मृत फेला

सुर्खेत, २० असाेज । सल्यानको सिद्धकुमाख गाउँपालिका–४ खार्वनमा चार दिनदेखि हराइरहेकी महिला आफ्नै घरमा मृत भेटिएकी छिन्। ४९ वर्षीया गणेशी रोका बिहीबार साँझ आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत फेला परेकी हुन्।

परिवारले गणेशी असोज १५ गते बेलुका घरबाटै हराएको भनेर बताउँदै आएको थियो । चार दिनसम्म सम्पर्कमा नआएपछि गाउँलेले उनको खोजी थालेका थिए।

बिहीबार गाउँले मृतकको घरमा जम्मा भएको वेला घरभित्र शव गन्ध आएको थाहा पाएपछि खोज्दा भकारीभित्र शव भेटिए पछि प्रहरीलाई स्थानीयले बखर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए।

घटना शंकास्पद रहेको र प्रहरीले अनुसन्धान थालेको श्रेष्ठले बताए। शव पोष्टमार्टममा लागि सल्यान जिल्ला अस्पताल लगिएको छ।